बालेनलाई इंगित गर्दै ओलीले भने : सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाही गर्नैपर्छ

हिमाल प्रेस ७ माघ २०८२ १२:४६ | Wednesday, January 21, 2026
24
SHARES
बालेनलाई इंगित गर्दै ओलीले भने : सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाही गर्नैपर्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।

बुधवार गृह जिल्ला झापामा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरूको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरू कानूनअनुसार दोषी रहेको बताए।

अपराधिक गतिविधि गर्नेहरूलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताए। अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्ने बताए।

अन्तरिम सरकार देश जलाउनेहरूकै भएकाले पनि अपराधीहरूलाई कारबाही नगरेको उनको जिकिर छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमवार मात्रै झापा गएका थिए। झापा ५ बाट उनले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्नेगरी मनोनयन गराएका छन्। उनीसँग यसपटक रास्वपा नेता बालेन शाह पनि भिड्दैछन्। बालेनमाथि ओलीले संरचना जलाउनेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित: ७ माघ २०८२ १२:४६ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast