‘बजारका कविता’ नामक कन्सर्ट गर्दै कवि अनुप न्यौपाने

हिमाल प्रेस २२ पुष २०८२ १६:५८
38
SHARES
‘बजारका कविता’ नामक कन्सर्ट गर्दै कवि अनुप न्यौपाने

काठमाडौँ- कवि तथा रंगकर्मी अनुप न्यौपानेले ‘बजारका कविता’ नामक कन्सर्टको आयोजना गर्ने भएका छन्। दुई वर्ष पहिले अनुपले यही शीर्षकमा कन्सर्ट गरेको थिए।

दोस्रो सिजनको रुपमा आगामी माघ १ गते कन्सर्टको आयोजना गरिएको कवि न्यौपानेले बताए। कन्सर्ट थापागाउँस्थित मण्डला थिएटरमा हुँदैछ।

कन्सर्टमा अनुपको कविता वाचनमा संगीततर्फ सौरभ चालिसे, सुदीप खतिवडा, रचना घिसिङ र निकोल्सन महर्जनले सहयोग गर्नेछन्। कवितासँगै कन्सर्टमा मेलिना राई, विराज बाँस्कोटा, समीर भट्टराईको कलात्मक प्रस्तुति पनि रहने कवि न्यौपानेले जानकारी दिए।

कवि न्यौपानेका अनुसार १ घण्टासम्म चल्ने कन्सर्टमा सहभागी हुन दर्शकले रु पाँच सयकाे टिकट लिनुपर्ने छ। टिकट बुकिङ पनि खुलाइसकेकाे छ।

कवि न्यौपाने कवितासम्बन्धी रियालिटी सो ‘पोयट आइडल’ को सेमिफाइनलमा पुगेका थिए ।

कविसँगै उनी संगकर्मी पनि हुन्। उनले ‘सिरुमारानी’, ‘अन्धवेग’, ‘क्याफे’, ‘वैतर्णी’, ‘एन्टिगोनी’, ‘सलेदो’ लगायतका नाटकमा अभिनय गरेका छन्।  ‘सिरुमारानी’ र ‘कथा एक’ उनकाे निर्देशनमा बनेकाे नाटक हाे।

प्रकाशित: २२ पुष २०८२ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast