पार्टी विभाजनपछि चन्द्र भण्डारीको कविता- एउटै रेलमा सँगै अघि बढौँ भन्ने चाहना थियो

हिमाल प्रेस २ माघ २०८२ ६:५९ | Friday, January 16, 2026
18
SHARES
पार्टी विभाजनपछि चन्द्र भण्डारीको कविता- एउटै रेलमा सँगै अघि बढौँ भन्ने चाहना थियो

शुभेच्छुक, शुभचिन्तक
र सबै साथीहरूलाई—
जय नेपाल !
साथीहरूको चासो र चिन्तालाई
म हृदयदेखि स्वागत गर्छु—
त्यसप्रति मेरो आदर र सम्मान छ।
एउटै रेलमा
सबै सँगै अघि बढौँ भन्ने चाहना थियो।
यात्रु बोलाउँदै–बोलाउँदै
रेल भने हिँडिसक्यो।
यही तरिकाले अघि बढिरहँदा
दुवै रेल यात्रुविहीन हुन सक्छन्।
त्यसपछि मात्र बुझिन्छ—
“सँगै हिँडौँ” भन्ने धारणा वास्तवमा के हो।
त्यस दिन पुष्टि हुनेछ—
हाम्रो प्रयास स्वार्थबाट होइन,
व्यक्तिगत लाभका लागि होइन,
सत्य र जिम्मेवारीबाट जन्मिएको थियो।
मलाई व्यक्तिगत रूपमा जे भने पनि
मलाई केही लाग्दैन।
मैले विगतमा
कृष्णजी र गिरिजाबाबु,
गिरिजाबाबु र शेरबहादुरजी
बीचको कठिन समन्वयमा भूमिका खेलेँ—
कहिल्यै कुनै नकारात्मक भावना आएन।
तर आज-
चारैतिर विकृति मात्र देखिन्छ।
आज एउटा गहिरो प्रश्न उब्जिएको छ—
– हाम्रो नेपाली पाठ्यक्रम र सामाजिक नैतिक शिक्षाको दिशा नै उल्टो त परेन?
– सत्य र असत्य छुट्याउने विवेक किन हराउँदै गयो?
सत्य नबुझी,
जिम्मेवारी नबोकी,
गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट
न मुलुक बन्छ, न कुनै पार्टी।
निर्वाचनको मुखमा यस्तो यदुवंशी विनाश !
के बहादुरहरू ले गर्ने राजनीति यही हो?
-आफ्नै घर भत्काएर
जनताको विश्वास जितिन्छ भन्ने भ्रम
कसले रोप्यो?
– सत्य, अनुशासन र जिम्मेवारी विना
न पार्टी बलियो हुन्छ,
न मुलुक र न लोकतन्त्र सुरक्षित रहन्छ।
समय अझै छ—
एक पटक सोचौं !!!
विवेकमा फर्कौं,
विनाश होइन, निर्माण रोजौं।
मनन् गरौं – दोषी हामी सबै छौं !!!
धन्यवाद।
जय नेपाल !!!

प्रकाशित: २ माघ २०८२ ६:५९ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast