एक वर्षमा तीन लाख बढी पर्यटकद्वारा पाटन दरबार संग्रहालय अवलोकन

हिमाल प्रेस १९ पुष २०८२ १०:३१
6
SHARES
एक वर्षमा तीन लाख बढी पर्यटकद्वारा पाटन दरबार संग्रहालय अवलोकन

ललितपुर- पाटन दरबार संग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । पाटन दरबार संग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कूल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले संग्रहालयको अवलोकन गरेका हुन् ।

अघिल्लो वर्ष सन् २०२४ मा भने कूल तीन लाख १८ हजार ३३७ विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका थिए । यस आधारमा सन् २०२५ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा केही कमी आएको छ ।

सन् २०२५ मा ४० हजार ४०० नेपाली विद्यार्थी र एक लाख २४ हजार ५५० नेपाली सर्वसाधारणले पाटन दरबार संग्रहालयको अवलोकन गरेका छन् । प्रशासकीय प्रमुख लाखेका अनुसार नेपाली पर्यटकको संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ । उनले भने, “देशको बदलिँदो परिस्थितिका कारण विदेशी पर्यटकको आगमनमा उतारचढाव देखिए पनि नेपाली पर्यटकको संख्या भने निरन्तर बढिरहेको छ ।”

विदेशी पर्यटकको संख्या घट्नुको प्रमुख कारण जेनजी आन्दोलन र पाटन दरबार क्षेत्रका सडक सुधारका कार्यहरू रहेको प्रशासकीय प्रमुख लाखेले जानकारी दिए।

प्रकाशित: १९ पुष २०८२ १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast