जापानमा संसद् विघटन

हिमाल प्रेस ९ माघ २०८२ १२:२६
8
SHARES
जापानमा संसद् विघटन टोकियोमा शुक्रबार संसद्को तल्लो सदन विघटन भएपछि उभिएका सांसदहरू। तस्बिर : एपी/रासस

काठमाडौँ– जापानकी प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गरेकी छन्। उनको यो कदमपछि फेब्रुअरी ८ मा हुने मध्यावधि निर्वाचनका लागि मार्गप्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हालैका वर्षहरूमा ठूलो क्षति व्यहोरेको सत्ताधारी दललाई आफ्नो लोकप्रियताको बलमा पुनः बलियो बनाउने प्रयासस्वरूप यो कदम चालिएको समाचारमा उल्लेख छ। तर यसले अर्थतन्त्रमा गति दिने र अकासिँदो महँगीलाई सम्बोधन गर्ने उद्देश्य राखिएको बजेटमाथिको छलफल र मतदानमा भने केही समय पछाडि धकेल्ने बताइएको छ।

जापानमा पहिलो महिला नेताका रूपमा निर्वाचित ताकाइची सत्तामा आएको तीन महिना भएको छ। ताकाइचीले ताइवानका पक्षमा दिएका अभिव्यक्तिहरूका कारण चीनसँगको सम्बन्धमा तिक्तता बढ्दै गएको देखिन्छ। अर्कोतर्फ वासिङ्टन र बेइजिङबीच क्षेत्रीय सैन्य प्रभुत्वको होडबाजी चलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई हतियारमा बढी खर्च गर्न आग्रह गरिरहेकी छन्।

४६५ सदस्यीय तल्लो सदन विघटनपछि १२ दिने चुनावी अभियानको बाटो खुलेको छ। अभियान आधिकारिक रूपमा मंगलबार सुरु हुनेछ। सभामुख फुकुसिरो नुकागाले सदन विघटनको घोषणा गर्दा उपस्थित सांसदहरूले उभिएर नारा लगाएका थिए।

प्रकाशित: ९ माघ २०८२ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast