काठमाडौँ- निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालको अध्यक्षमा कैलाश हेलिकप्टरका प्रतापजंग पाण्डे सर्वसम्मत चयन भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न संघको २५औं वार्षिक साधारण सभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
समितिको प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका सुभाष सापकोटा र तृतीय उपाध्यक्षमा तारा एयरका उमेश पनेरु चयन भएका छन्। त्यसै गरी संघको महासचिवमा सिम्रिक एयरका मुरलीधर जोशी, सचिवमा एयर डाइनास्टीका बालकृष्ण पण्डित र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा विनोद थापा, घनश्याम राज आचार्य, श्रीराम हर्ष श्रेष्ठ, उमेश आचार्य, प्रज्वल थापा, नोबेल कुमार राजलवत, फुर्वा छिरिङ शेर्पा र मिलन महर्जन रहेका छन्।



