चुनावी मैदानमा ‘हाम्रा मान्छे’

हिमाल प्रेस ७ माघ २०८२ २०:१९
30
SHARES
चुनावी मैदानमा ‘हाम्रा मान्छे’

काठमाडौँ- प्रतिनिधिसभा सदस्य चुनावका लागि एउटै परिवारभित्रका व्यक्तिहरू मैदानमा उत्रिएका छन्। निर्वाचनमा केही उम्मेदवारका पतिपत्नी, केही उम्मेदवारका दाजुभाइ र केही परिवारका ज्वाइँ, सम्धी, छोरी र बुहारी प्रतिस्पर्धामा उत्रिएका हुन्।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका ज्वाइँससुरा सासद बन्ने अभियानमा छन्। थापा सर्लाही-४ बाट चुनाव लडेका छन् भने उनका ससुरा अर्जननरसिंह केसी समानुपातिक सूचीमा छन्।

नातामा ज्वाइँ ससुरा भए पनि यी दुवैको आआफ्नै राजनीतिक विगत छ। केसी २०२० को दशकयता नेपाली राजनीतिमा सक्रिय छन्। यसै गरी सभापति थापा २०५१ मा विद्यार्थी राजनीतिबाट उदाएर अहिलेसम्म सक्रिय रहेका व्यक्तित्व हुन्। कांग्रेसबाट नुवाकोट-२ मा उम्मेदवार बनेका जगदिश्वरनरसिंह केसी अर्जुननरसिंह केसीका भाइ हुन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, छोरी र बुहारी मैदानमा छन्। प्रचण्ड रुकुमपूर्वबाट प्रतिस्पर्धामा छन् भने उनकी छोरी रेनु दाहाल चितवन-३ बाट उम्मेदवार बनेकी छन्। यसै गरी बुहारी विना मगर कञ्चनपुर-१ बाट चुनावी प्रतिस्पर्धामा छिन्।

नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट-१ बाट उम्मेदवार बनेका छन् भने उनका सम्धी सोमप्रसाद पाण्डे पाल्पा-२ बाट मैदानमा उत्रिएका छन्।

जसपाका महन्थ ठाकुर राष्ट्रियसभामा उम्मेदवार रहेका छन् भने उनकी छोरी डा. मीनाक्षी ठाकुर महोत्तरी-३ बाट र सम्धी उमाकान्त झा धनुषा–४ का उम्मेदवार बनेका छन्। उमाकान्त झा यसअघि प्रदेश ५ का प्रमुख भइसकेका व्यक्ति हुन्।

नेकपा नेता देवेन्द्र पौडेल नवलपरासी-२ बाट उम्मेदवार बनेका छन् भने उनकी श्रीमती बलावती शर्मा समानुपातिक सूचीमा समेटिएकी छन्। यस्तै ऋषि धमला आम जनता पार्टीबाट रौतहट ४ मा उठेका छन्। उनी श्रीमती एलिजा गौतम समानुपातिकमा छिन्।

यस्तै जनमत पार्टी अध्यक्ष सीके राउतले सप्तरी २ बाट उम्मेदवारी दिएका छन्। उनका दाइ जयकान्त राउतले सप्तरी १ बाट उम्मेदवारी दिएका छन्।

एमालेका दुई दम्पती चुनावी मैदानमा

एमालेका नेता रघुवीर महासेठ र उनकी पत्नी जुली महतो धनुषाबाट प्रतिस्पर्धामा छन्। महासेठ धनुषा-४ र महतो धनुषा-३ बाट उम्मेदवार बनेका छन्।

यसै गरी एमालेका शेरबहादुर तामाङ सिन्धुपाल्चोक-२ बाट प्रत्यक्षतर्फ मैदानमा छन् भने उनकी पत्नी उषाकला राई समानुपातिक आदिवासी जनजाति सूचीमा छन्।

प्रकाशित: ७ माघ २०८२ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast