हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक सञ्चालन

हिमाल प्रेस १३ माघ २०८२ १५:२४ | Tuesday, January 27, 2026
16
SHARES
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक सञ्चालन

जुम्ला- शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ।

भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो। कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आज (मंगलबार) देखि सडक पूर्णरूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए।

हिमपातले सडक दुई दिनसम्म बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा दैनिक उपभोग्य सामग्री, विकास-निर्माणका सामानहरु बीच बाटामै रोकिएका थियो। हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका-१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए।

प्रकाशित: १३ माघ २०८२ १५:२४ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast