खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट कार्यविधि जारी

हिमाल प्रेस २० पुष २०८२ ११:५०
12
SHARES
खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट कार्यविधि जारी

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि जारी गरेको छ।

नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा २२ को उपदफा (१) बमोजिम विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन भएपछि उक्त कार्यविधि लागु गरिएको मन्त्रालयले जनाएको छ।

खुला शिक्षा प्रणालीका नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गर्न विश्वविद्यालयको प्राज्ञिक तथा शैक्षिक प्रशासनिक वातावरण समृद्ध बनाउने उद्देश्यसहित उपकुलपति र रजिष्ट्रारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएको छ।

योग्य तथा क्षमतावान् व्यक्तिलाई खुला प्रतिस्पर्धाको माध्यमबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नुपर्ने आवश्यकता रहेकाले उम्मेदवार छनोटका विधि, आधार र प्रक्रिया स्पष्ट रूपमा तय गरिएको कार्यविधिमा उल्लेख छ।

विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस गर्न गठित सिफारिस समितिले ऐनको दफा २२ को उपदफा (३) बमोजिम कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको हो।

प्रकाशित: २० पुष २०८२ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast