विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता सभापति थापासँग मात्रै छ : शर्मा

हिमाल प्रेस ९ माघ २०८२ १७:५४
14
SHARES
विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता सभापति थापासँग मात्रै छ : शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समस्यालाई परिवक्व ढंगले हल गर्ने क्षमता कांग्रेस सभापति गगन थापासँग मात्रै रहेको बताएका छन्।

केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको सन्दर्भमा उपसभापति शर्माले यस्तो बताएका हुन्।

‘उहाँसँग प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता छ,’ उनले भने,‘त्यसैले बैठकले सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो।’

शर्माले परिवर्तनको अपेक्षालाई आफ्नो पार्टीभित्र अभ्यास गर्ने पार्टी कांग्रेस नै भएकाले अब मुलुकको प्रधानमन्त्रीको रुपमा सभापति थापालाई अघि सारिएको बताए।

सरकारमा रहेका भएका कमीकमजोरीलाई सच्चाउँदै नयाँ भिजनका साथ मुलुकलाई अघि बढाउने काम कांग्रेसले मात्रै गर्न सक्ने उनले बताए।

कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुसार निर्वाचनमा होमिने निर्णय गरेको छ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको आठ दिनपछि थापाले शुक्रबार पार्टी कार्यालय सानेपा पुगेर पदबहाली गरे। पार्टी कार्यालय सानेपामा पहिलोपटक बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मदेवार बनाउने निर्णय गरेको छ।

पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो। सभापति थापा फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्।

प्रकाशित: ९ माघ २०८२ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast