दाङमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

हिमाल प्रेस १ माघ २०८२ १९:२४
16
SHARES
दाङमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही (दाङ)- दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बसमा सवार राप्ती गाउँपालिका–४ की मिना ठकुरी, शिला परियार  र मोटरसाइकलमा सवार लमही–५ कोलहीका अशोक चौधरी तथा बस मालिक सुशील वली घाइते भएका छन्। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १ माघ २०८२ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast