मकवानपुरको सिमखोलामा गाडी दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस ८ माघ २०८२ ७:२६
4
SHARES
मकवानपुरको सिमखोलामा गाडी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर- कुलेखानी-काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँ तर्फ गइरहेको मधेश प्रदेश ०३-००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका-१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो।

दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका-१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित: ८ माघ २०८२ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast