ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

हिमाल प्रेस २७ पुष २०८२ १६:१२ | Sunday, January 11, 2026
16
SHARES
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

काठमाडौँ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ निवासी ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते मोक्तानको मनहरी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएकोमा उपचारकै क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

ठक्कर दिने ट्रक र चालक हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याइङ निवासी ५४ बर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ पुष २०८२ १६:१२ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast