साढे २ किलो चाँदीसहित एक जना पक्राउ

हिमाल प्रेस १३ माघ २०८२ २०:०९ | Tuesday, January 27, 2026
10
SHARES
साढे २ किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले नागढुंगाबाट चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुंगाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नम्बरको यात्रुवाहक बस चेकजाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित वीरगञ्ज महानगरपालिका– १६ का २५ वर्षीय किसन साहलाई आज पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बसमा लुकाएर ल्याएको अवस्थामा चाँदीसहित साहलाई पक्राउ गरिएको जानकारी दिए। उक्त चाँदीको मूल्य रु १६ लाख ९० हजार बराबर रहेको छ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको परिसरले जनाएको छ। रासस

प्रकाशित: १३ माघ २०८२ २०:०९ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast