खैरो हिरोइनसहित नागढुंगाबाट एक पक्राउ

हिमाल प्रेस १२ माघ २०८२ १६:३०
8
SHARES
खैरो हिरोइनसहित नागढुंगाबाट एक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ गरेको छ।

प्रहरी प्रभाग तथा लागुऔषध नियन्त्रण ब्युरो नागढुंगाको टोलीले चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र००१-००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागुऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-३ का ३६ वर्षीय निरोज न्यौपाने रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: १२ माघ २०८२ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast