ओलीमाथि लगाइएको स्थान हद फुकुवा

हिमाल प्रेस २१ पुष २०८२ १४:१२
16
SHARES
ओलीमाथि लगाइएको स्थान हद फुकुवा

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि उच्चस्तरीय जाँचबुझ आयोगले लगाएको स्थान हद फुकुवा भएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको विषयमा अनुसन्धान गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री ओलीमाथि आयोगले गत असोज १२ गते स्थान हद लगाउने निर्णय गरेको थियो।

आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माले सोमबार स्थान हद फुकुवा भएको बताए। उनले भने,‘भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न मिति २०८२।६।१२ को बैठकबाट निर्णय गरिएको थियो। ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपूछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिदिएकोछ।’

जेनजी आन्दोलनबारे ओलीले आइतबार आयोगलाई लिखित बयान दिएका थिए।

प्रकाशित: २१ पुष २०८२ १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast