माघे संक्रान्तिको शुभकामना ओलीले भने : खनिजजन्य खानेकुरा खाऊ, माघी मनाऊ

हिमाल प्रेस १ माघ २०८२ १२:२९ | Thursday, January 15, 2026
12
SHARES
माघे संक्रान्तिको शुभकामना ओलीले भने : खनिजजन्य खानेकुरा खाऊ, माघी मनाऊ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाउँछौं, यस पर्वमा खनिजजन्य खानेकुरा खाइन्छ, सबैलाई माघे सङ्क्रान्तिको शुभकामना ।’

आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहेको अध्यक्ष ओलीले सन्देशमा उल्लेख गरेका छन्। रासस

प्रकाशित: १ माघ २०८२ १२:२९ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast