स्वतन्त्र र धाँधलीरहित चुनावको वातावरण बनाउन सरकारलाई ओलीको सुझाव

हिमाल प्रेस १५ माघ २०८२ १८:४२ | Thursday, January 29, 2026
12
SHARES
स्वतन्त्र र धाँधलीरहित चुनावको वातावरण बनाउन सरकारलाई ओलीको सुझाव फाइल तस्बिर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताएका हुन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गर्दै उनले यस्तो बताएका हुन्।

ओलीले एमालेले गत भदौको विध्वंशले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पु¥याएको क्षतिको पुनः निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने बताए।

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने जिकिर गरे।

अध्यक्ष ओलीले जनताको व्यावहारिक पक्षलाई समेटेर घोषणापत्र तयार गरिरहेको बताए।

ओलीले पार्टीले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको उल्लेख गरे।

पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्र तयारी गरिरहेको उनको भनाइ थियो।

प्रकाशित: १५ माघ २०८२ १८:४२ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast