गगन, बालेन, प्रचण्डसँग सार्वजनिक बहस गर्न ओली तयार

हिमाल प्रेस ११ माघ २०८२ ८:१३ | Sunday, January 25, 2026
10
SHARES
गगन, बालेन, प्रचण्डसँग सार्वजनिक बहस गर्न ओली तयार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- केहीदिनदेखि प्रधानमन्त्रीका दाबेदारहरूबीच सार्वजनिक बहस गर्नुपर्ने दबाब बढेको छ। दलहरूले आफ्ना शीर्ष नेताहरूलाई भाबी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर फागुन २१ को निर्वाचनमा जाँदैछन्। नेकपा एमालेले केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह ‘बालेन’ र नेपाली कांग्रेसले गगन थापालाई भाबी प्रधानमन्त्रीको उम्मेदवार तय गरेका छन्। यसबारे उम्मेदवारहरू बहस गर्छन्।गर्दैनन् भन्ने चासो छ। एमाले अध्यक्ष ओलीले भने आफू डिबेटमा सहभागी हुन आफू तयार रहेको पनि उनले उल्लेख गरेका बताएका छन्।

 उनले भनेका छन्, ‘नयाँपुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ।’

उनले थप भनेका छन्, ‘यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु।’

चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता समेत ओलीले जनाएका छन् । त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन उनको आग्रह छ।

प्रकाशित: ११ माघ २०८२ ८:१३ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast