‘देशलाई आगो लगाउने’ तत्त्वलाई निर्वाचनबाट पराजित गर्न ओलीको आह्वान

हिमाल प्रेस ३ माघ २०८२ ७:११ | Saturday, January 17, 2026
16
SHARES
‘देशलाई आगो लगाउने’ तत्त्वलाई निर्वाचनबाट पराजित गर्न ओलीको आह्वान

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अराजकता फैलाउने र ‘देशलाई आगो लगाउने’ तत्त्वलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्र रक्षाका लागि यस्ता समूहलाई बेलैमा चिनेर चुनावबाटै किनारा लगाउनुपर्ने धारणा राखे।

ओलीले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग एमालेको कुनै प्रतिस्पर्धा नरहेको दाबी गरे। लोकतन्त्र नै नरहे प्रतिस्पर्धाको अर्थ नहुने भन्दै उनले अहिलेको मुख्य आवश्यकता लोकतन्त्र बचाउनु भएको बताए। उनले भने, ‘हाम्रो प्रतिस्पर्धा देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग छँदै छैन । लोकतन्त्र बच्यो भने न प्रतिस्पर्धा गर्ने हो, लोकतन्त्र नै बचेन भने केमा प्रतिस्पर्धा गर्ने?’

अध्यक्ष ओलीले असंवैधानिक र लोकतन्त्रविरोधी गतिविधि गर्ने तथा देशलाई अस्थिरतातिर धकेल्नेहरूलाई पराजित गर्नुपर्नेमा जोड दिए। उनले केही तत्त्वहरूले देशमा संविधान, राजनीति, दल र नेताहरू नै नचाहिने भन्दै आतंक मच्चाइरहेको आरोप लगाए। देशलाई नीतिहीन र थितिहीन अवस्थामा पुर्‍याएर अराजकताको राज्य बनाउन खोज्नेहरूलाई चिन्न कार्यकर्तालाई उनले निर्देशन दिए।

उनले अहिलेको लडाइँ लोकतन्त्र मास्न खोज्ने र देशमा आगो लगाउन खोज्नेविरुद्ध भएको भन्दै लोकतन्त्रवादी शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए। संविधान र राजनीति सिध्याउन खोज्ने अराजक तत्त्वहरू नै अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ।

प्रकाशित: ३ माघ २०८२ ७:११ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast