काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन्।विभिन्न १७ घटक मिलेर बनेको नेकपाका उक्त संख्याका केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने नेता बेदुराम भुसालले बताए।
उनका अनुसार दिउँसो १२ बजे कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा उपस्थित हुनका लागि भौतिक रूपमा र उपस्थित नहुनेलाई भर्चुअल शपथग्रहण गराइनेछ।
प्रकाशित: २९ पुष २०८२ ७:११ | Tuesday, January 13, 2026
प्रतिक्रिया





