कांग्रेस विशेष महाधिवेशन : बुधबार सवा ८ बजेदेखि सवा ९ बजेसम्म मनोनयन दर्ताको समय थपियो

हिमाल प्रेस ३० पुष २०८२ ८:२५ | Wednesday, January 14, 2026
24
SHARES
कांग्रेस विशेष महाधिवेशन : बुधबार सवा ८ बजेदेखि सवा ९ बजेसम्म मनोनयन दर्ताको समय थपियो

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनको मनोनयनका दर्ताका लागि पुनः समय थप गरिएको छ। मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा पटक पटक थप गरी बेलुकी ७ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो।

मंगलबार नै बेलुकी ९ बजेदेखि बुधबार बिहान १ बजेसम्म मतदानको समय तय गरिएको थियो। केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले मंगलबार अबेर विज्ञप्ती जारी गरी निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता बुधबार पनि जारी हुने जानकारी गराएका हुन्।

उनका अनुसार बुधबार बिहान सवा ८ बजेदेखि सवा ९ बजेसम्म मनोनयन दर्ताको समय थप गरिएको हो। निर्वाचन अन्तर्गत अन्य कार्यक्रम भने तय हुन बाँकी नै छ।

मंगलबार नै चार जनाले सभापति उम्मेदवारको फाराम लगेका थिए।

प्रकाशित: ३० पुष २०८२ ८:२५ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast