राष्ट्रियसभामा मनोनयन दर्ता आज

हिमाल प्रेस २३ पुष २०८२ ६:४३
10
SHARES
राष्ट्रियसभामा मनोनयन दर्ता आज

काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी ११ माघका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दै छ । राष्ट्रियसभामा रिक्त हुने कुल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

आयोगले यसअघि यही १९ पुसमा मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार यही २४ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २७ पुसमा उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

साथै, यही २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी ११ माघको बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रियसभामा आगामी २० फागुनदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

प्रकाशित: २३ पुष २०८२ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast