एनआईएमबीले ल्यायो युनियन–पे कार्ड सेवा

हिमाल प्रेस २५ पुष २०८२ १७:१९
2
SHARE
एनआईएमबीले ल्यायो युनियन–पे कार्ड सेवा

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा आरम्भ गरेको छ। आधुनिक तथा सुरक्षिछ भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित बैंकले यो कार्ड सार्वजनिक गरको हो।

युनियन–पे कार्ड सेवाको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो र विश्वव्यापी रुपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन–पे कार्डमार्फत ग्राहकहरूले स्वेदश तथा विदेश दुवै स्थानमा सहज रुपमा वित्तीय कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

विश्वभरका लाखौँ व्यापारीक केन्द्र र एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल, सहज र सुरक्षित बनाउने बैंकले जनाएको छ।

कार्ड शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियानअन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ।

सीमित अवधिका लागि उपलब्ध यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सेवाको लाभ लिनसक्नेछन्।

यो कार्ड सेवामार्फत एनआईएमबी बैंकले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकहरूलाई कार्ड आधारित कारोबारमा थप विकल्प र सुविधा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित: २५ पुष २०८२ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast