काठमाडौ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेको भनेर गरिएको प्रचार गलत भएको देउवाको सचिवालयले जनाएको छ।
देउवाका स्वकीय सचिव भानु देउवाले सूचना जारी गरी विशेष महाधिवेशनले कांग्रेसको नयाँ कार्यसमिति चयन गरेयता उनीहरूसँग भेटघाट नगरेको जानकारी गराएका हुन्।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूसँग पूर्वमहामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही सञ्चारमाध्यमहरूमा समाचार आएको देखिएको तर हालसालै उहाँहरूसँग सभापतिज्यूको भेटघाट नभएको जानकारी गराइन्छ’, भानुले भनेका छन्।
प्रकाशित: ४ माघ २०८२ ७:१५
प्रतिक्रिया



