गगन-विश्वले देउवा भेटेको खबर गलत : देउवा सचिवालय

हिमाल प्रेस ४ माघ २०८२ ७:१५ | Sunday, January 18, 2026
32
SHARES
गगन-विश्वले देउवा भेटेको खबर गलत : देउवा सचिवालय

काठमाडौ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेको भनेर गरिएको प्रचार गलत भएको देउवाको सचिवालयले जनाएको छ।

देउवाका स्वकीय सचिव भानु देउवाले सूचना जारी गरी विशेष महाधिवेशनले कांग्रेसको नयाँ कार्यसमिति चयन गरेयता उनीहरूसँग भेटघाट नगरेको जानकारी गराएका हुन्।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूसँग पूर्वमहामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही सञ्चारमाध्यमहरूमा समाचार आएको देखिएको तर हालसालै उहाँहरूसँग सभापतिज्यूको भेटघाट नभएको जानकारी गराइन्छ’, भानुले भनेका छन्।

प्रकाशित: ४ माघ २०८२ ७:१५ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast