न्यू डायमण्डलाई टाइगर कप भलिबल उपाधि

हिमाल प्रेस १६ माघ २०८२ १५:५९ | Friday, January 30, 2026
30
SHARES
न्यू डायमण्डलाई टाइगर कप भलिबल उपाधि

पोखरा- टिप टप न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपकाे उपाधि जितेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेकाे हाे।

उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो। उपविजेता नेपाल पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो। तेस्रो बनेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो।

न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनिन्। उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरिन्।

उत्कृष्ट सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने। उनीहरुले जनही ११ हजार ६६६ हात पारे।

पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीच हुँदैछ।

उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ। पुरूषकाे फाइनल शनिबार हुनेछ।

प्रकाशित: १६ माघ २०८२ १५:५९ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast