नेप्से १३.३५ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित

हिमाल प्रेस २३ पुष २०८२ १५:४६
14
SHARES
नेप्से १३.३५ अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज (बुधबार) नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको छ।

आज ३२३ कम्पनीको एक करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ दशमलव ६० को कारोबार भएको छ। आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका छ दशमलव शून्य आठ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले घटेको छ।

प्रकाशित: २३ पुष २०८२ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast