मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष

हिमाल प्रेस १ माघ २०८२ ६:५९ | Thursday, January 15, 2026
6
SHARES
मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने विचार व्यक्त गरेकी छन् । माघी पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले देशका मौलिक संस्कृति जोगाउने कर्तव्य सबैको भएको उल्लेख गरेकी छन् ।

उपाध्यक्ष घिमिरेले भनिन् छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ, त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरू हाम्रा मौलिक विशेषता हुन् ।’ सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरूले नै आ–आफ्नो मौलिकतामा धूमधामका साथ मनाउने माघी पर्वको माध्यमबाट नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा विश्वस्त रहेको उनको भनाइ छ ।

उपाध्यक्ष घिमिरेले शुभकामना सन्देश मार्फत भनिन्, ‘यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् ।’

प्रकाशित: १ माघ २०८२ ६:५९ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast