कांग्रेस सभापति थापाको प्रतिबद्धता : ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’

हिमाल प्रेस ९ माघ २०८२ १६:३६ | Friday, January 23, 2026
16
SHARES
कांग्रेस सभापति थापाको प्रतिबद्धता : ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले देशको समुन्नति एकमात्र ध्येय रहेको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पद बहाली गरेपछि उनले माइन्युटमा पहिलो हस्ताक्षर गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका छन्।

‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश,’ माइन्युटमा लेखिएको छ,‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी। हाम्रो केवल एक ध्येय छ–देशको समुन्नति।’

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको आठ दिनपछि थापाले शुक्रबार पार्टी कार्यालय सानेपा पुगेर पदबहाली गरेका छन्। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयसमेत गरेको छ।

पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो। सभापति थापा फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्।

प्रकाशित: ९ माघ २०८२ १६:३६ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast