मादुरोलाई रिहा गर्न नेपाली कम्युनिस्ट पार्टीको माग

हिमाल प्रेस २० पुष २०८२ १८:४५
26
SHARES
मादुरोलाई रिहा गर्न नेपाली कम्युनिस्ट पार्टीको माग

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई विनासर्त रिहा गर्न माग गरेको छ।

नेकपाले आइतबार वक्तव्य निकालेर अमेरिकाको नियन्त्रणमा रहेका मादुरो दम्पत्तिलाई रिहा गर्न माग गरेको हो।

अमेरिकाद्वारा राष्ट्रपति मादुरोलाई अपहरणको शैलीमा कब्जामा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप रहेको नेकपाको ठहर छ।

यस प्रकारका कार्यहरू लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य छन् भन्दै नेकपा केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले निकालेको वक्तव्यमा भनिएको छ, ‘हामी राष्ट्रपति मादुरोलाई विनासर्त रिहा गर्न जोडदार माग गर्दछौँ। भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफैँ तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार छ।’

अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरेर शनिबार राष्ट्रपति मादुरो दम्पत्तिलाई कब्जामा लिएको थियो। मादुरोले ‘नरकटिक्स टेरोरिज्म’ फैलाएको आरोप लगाउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा शनिबार अमेरिकी सेनाले भेनेजुएलामाथि आक्रमण गरेको थियो।

मादुरोमाथि आपराधि मुद्दा चलाउने अमेरिकाको तयारी छ।

प्रकाशित: २० पुष २०८२ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast