नेकपाका केन्द्रीय सदस्यको शपथ पुस २९ गते

हिमाल प्रेस २२ पुष २०८२ २१:३४
12
SHARES
नेकपाका केन्द्रीय सदस्यको शपथ पुस २९ गते

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीले पुस २९ गते केन्द्रीय सदस्यको शपथ ग्रहण गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (मंगलबार) बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘बागमती प्रदेशका केन्द्रीय सदस्यको काठमाडौँ उपत्यकामा र अन्यको हकमा सम्बन्धित प्रदेशलाई जिम्मा दिइएको छ, उनीहरूले निश्चित गरेको स्थानमा शपथग्रहण समारोह गर्ने निश्चित भएको छ,’ सापकोटाले भने। पुस २९ गतेसम्म संगठनात्मक संरचना गठन गरिसक्ने निर्णय भएको उनले जानकारी दिए।

प्रकाशित: २२ पुष २०८२ २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast