एनसेलद्वारा देशभर २५० नयाँ टावर विस्तार

हिमाल प्रेस २० पुष २०८२ २१:२२
2
SHARE
एनसेलद्वारा देशभर २५० नयाँ टावर विस्तार

काठमाडौँ- एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच र गुणस्तरमा सुधार गर्दै सन् २०२५ मा देशभर २५० वटा नयाँ टावर थप गरेको छ।

साथै यस अवधिमा २ हजार २ सय मौजुदा साइटहरूको क्षमता अभिवृद्धि गरिएको एनसेलले जनाएको छ। यस विस्तारसँगै ग्राहकहरू थप स्पष्ट आवाज र उच्च गतिको इन्टरनेट सेवा प्राप्त गर्ने कम्पनीको भनाइ छ।

शिक्षा, व्यवसाय र सञ्चारका लागि भरपर्दो कनेक्टिभिटी अनिवार्य बन्दै गएको अवस्थामा एनसेलले सातै प्रदेशका स्थानीय तहहरूमा आफ्नो नेटवर्क सुदृढ बनाएको हो। विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशलाई केन्द्रित गरेर यो अभियान अगाडि बढाइएको कम्पनीले जनाएको छ।

एनसेलले जनाएअनुसार मधेश प्रदेशमा सबैभन्दा बढी एक सय नयाँ टावर जडान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिमको दैलेख, रुकुम पश्चिम, सल्यान, डोटी र कैलालीका ग्रामीण भेगमा नयाँ टावरहरू जडान गरिएका छन्।

यस क्रममा लुम्बिनीमा ४० र कोशीमा ३५ भन्दा बढी नयाँ टावर स्थापना गरिएको कम्पनीले जनाउको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण गरेसँगै एनसेलले पछिल्लो साढे दुई महिनामा मात्रै १९७ वटा टावर स्थापना गरेको हो। बाँकी ५३ वटा टावर भने उपकरण आयातमा प्रतिबन्ध लागेको समयमा मौजुदा स्टक र स्पेयर पार्टसको प्रयोग गरी सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार यो विस्तार केवल गतिको विषयमात्र नभई ग्राहकको भरोसा र डिजिटल संसारमा उनीहरूको पहुँच सुनिश्चित गर्ने कदम हो।

प्रकाशित: २० पुष २०८२ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast