कोशी प्रदेशमा नेशनल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता तालिम

हिमाल प्रेस १३ माघ २०८२ १३:१४
कोशी प्रदेशमा नेशनल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता तालिम

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशमा कार्यरत विभिन्न शाखा कार्यालयका अभिकर्ताहरूलाई लक्षित गर्दै तालिम प्रदान गरेको छ।

कम्पनीको मासिक योजना ‘मन्थन-२०२४’ अन्तर्गत बीमाशुल्क संकलनका आधारमा छनोट भएका १२० जना अभिकर्तालाई इलामको फिक्कलस्थित होटल एकोममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदद्वारा तालिम दिइएको हो।

तालिममा बीमा क्षेत्रको चर्चित उपाधि एमडीआरटी हासिल गर्ने उपाय, प्रेरणा, प्रगति र पेसागत उत्कृष्टतासम्बन्धी विषयमा विभिन्न उदाहरणसहित प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूलाई आफ्नो पेसामा उत्कृष्टता हासिल गर्न कम्पनीले विभिन्न योजनामार्फत निरन्तर तालिम प्रदान गर्दै आएको बताए। सोही सन्दर्भमा ‘मन्थन–२०२४’ कार्यक्रम सञ्चालन गरिएको जानकारी उनले दिए।

कोशी प्रदेशका विभिन्न शाखामा उत्कृष्ट कार्य गरी शाखा स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन्।

तालिममा सहभागी अभिकर्ताहरूले आफ्नै क्षेत्रमै अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिन पाएको अवसर प्रदान गरेकोमा कम्पनीप्रति हार्दिक आभार व्यक्त गरेका थिए। साथै सम्मानित अभिकर्ताहरूले आफूले गरेको मेहनतको कदर भएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित: १३ माघ २०८२ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast