काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशका आफ्ना अभिकर्ताहरुलाई प्रोत्साहन र सम्मान गर्न सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको अध्यक्षतामा काठमाडौँस्थित वेभ हस्पिटालिटीमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बिमाशुल्क संकलन गरी बागमती प्रदेशबाट सीईओ क्लब सदस्य बन्न सफल पाँच सयभन्दा बढी अभिकर्ताहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो।
प्रमुख कार्यकारी अधिकृत खत्रीले क्लबका सदस्यहरूलाई सदस्यता वितरण गर्नुका साथै नेशनल रत्न र नेशनल स्टार विजेताहरुलाई चाँदीको मेडल, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका थिए।
बागमती प्रदेशभरबाट आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष पुरस्कार प्रदान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले देशभरबाट १६ सयभन्दा बढी अभिकर्ता सीईओ क्लबमा छनौट हुनुले योजनाको सफलता पुष्टि गरेको बताए।



