राष्ट्रियसभा निर्वाचन : कांग्रेसमा शेखर पक्षलाई तीन सिट

हिमाल प्रेस २३ पुष २०८२ ११:५८
26
SHARES
राष्ट्रियसभा निर्वाचन : कांग्रेसमा शेखर पक्षलाई तीन सिट

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँगको तालमेलमा नेपाली कांग्रेसले पाएको ९ सिटमध्ये डा.शेखर कोइराला समूहले ३ सिट पाएको छ।

कोइराला पक्षबाट मधेश प्रदेशमा रञ्जित कर्ण, लुम्बिनी प्रदेशमा बासुदेव जंगली र बागमती प्रदेशमा गीता देवकोटालाई उम्मेदवार बनाइएको छ। बाँकी सबै उम्मेदवार भने सभापति शेरबहादुर देउवा निकट रहेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले सिट पाएनन्। उम्मेदवार छनोट प्रक्रियाप्रति नेता अर्जुनसिंह केसीले समेत असहमति जनाएका छन्। सभापतिको ‘खल्तीबाट’ उम्मेदवार निकालेर ६०-४० को भागबन्डामा निर्णय गरिएको भन्दै उनले आपत्ति व्यक्त गरेका हुन्।

प्रकाशित: २३ पुष २०८२ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast