राष्ट्रियसभा निर्वाचन : महन्थ ठाकुरले दर्ता गरे उम्मेदवारी दर्ता

हिमाल प्रेस २३ पुष २०८२ १६:१४
16
SHARES
राष्ट्रियसभा निर्वाचन : महन्थ ठाकुरले दर्ता गरे उम्मेदवारी दर्ता

जनकपुरधाम – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। ठाकुरले जनकपुरधामस्थित मधेश प्रदेशको निर्वाचन कार्यालयमा रहेको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उनले राष्ट्रियसभा सदस्य पदको अन्य क्लस्टरमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिएका छन्।

उनको उम्मेदवारीको प्रस्तावकमा लोसपा मधेश प्रदेशसभा सदस्य एवं संसदीय दलका नेता जयनुल राईन र समर्थकमा लोसपा प्रदेशसभा सदस्य एवं प्रदेशमन्त्री रानीकुमारी तिवारी रहेका छन्।

अन्य कलस्टरबाट जसपा नेपालको समर्थनमा महन्थ ठाकुरलाई उम्मेदवार बनाइएको हो। बाँकी तीन कलस्टरमा जसपा नेपालले उम्मेदवार खडा गरेको छ। जसपा नेपालले अपाङ्गता/अल्पसंख्यक, दलित र महिला कलस्टरका लागि उम्मेदवार बनाएको छ।

जसपा नेपालले अन्य तीन सिटमा शैलेश चौधरी, चन्द्रकला साह र चमेली दास उम्मेदवार बनाएको छ। यद्यपि अहिलेसम्म उनीहरूले उम्मेदवारी दर्ता गरेका छैनन्। जसपा नेपाल र लोसपाबीच पार्टी एकता गर्ने निर्णय भएपछि जसपा नेपालबाट ठाकुरलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाइएको हो।

कांग्रेस, एमाले र जसपा नेपाल–लोसपाबीच भएको सहमतिअनुसार मधेशमा कांग्रेसले २, एमालेले १ र जसपा नेपाल–लोसपाले १ सिट पाएको छ। मधेस प्रदेशमा प्रदेशसभा तर्फ १०४ र स्थानीय तहतर्फ २ सय ६६ गरी ३ सय ७० जना मतदाता छन्।

प्रकाशित: २३ पुष २०८२ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast