पुन: निर्माण कोषमा ‘नासिया’ द्वारा ९ लाख नगद सहयोग

हिमाल प्रेस १५ माघ २०८२ १८:०६
6
SHARES
पुन: निर्माण कोषमा ‘नासिया’ द्वारा ९ लाख नगद सहयोग

काठमाडौँ- अमेरिकामा बस्ने नेपालीहरुको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया) ले नेपाल पुनःनिर्माण कोषका लागि करिब ९ लाख रुपैयाँ बराबर सहयोग गरेको छ।

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले बिहीबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई ६१२८ अमेरिकी डलरबराबरको चेक हस्तान्तरण गरे।

उनले जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुनर्स्थापनाका लागि यो रकम संकलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी पनि दिए।

प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई–नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरिन्।

उनले नेपालमा अफ्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीहरुले गर्दै आएको सहयोगको सरहना पनि गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘जब यहाँ हामी समस्यामा हुन्छौँ, कुनै विपद् वा महामारी हुन्छ, तपाईँहरु विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ। खाई–नखाई रकम जग्मा गरेर सहयोग गर्नुहुन्छ। यही हो नेपालीपन भनेको। आखिर आफ्नो देश आफ्नै हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast