आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध सुमधुर बनाएको छ : राष्ट्रियसभा उपाध्यक्ष

हिमाल प्रेस ५ माघ २०८२ ६:४१ | Monday, January 19, 2026
6
SHARES
आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध सुमधुर बनाएको छ : राष्ट्रियसभा उपाध्यक्ष

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले सबै जाति, भाषा क्षेत्रका नेपालीहरू एकताबद्ध भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।

उनले तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसारको अवसरमा तामाङ समुदाय तथा सम्पूर्ण नेपालीहरूप्रति सुख, शान्ति,समृद्धि, सु–स्वास्थ्य एवम् प्रगतिको शुभकामना व्यक्त गर्दै भनिन्, ‘विविधताले युक्त भएर विभिन्न समुदायहरूबीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको छ ।’

प्रकाशित: ५ माघ २०८२ ६:४१ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast