काठमाडौँ- वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई मातृशोक परेको छ। उनकी आमा मिटु बाँस्कोटाको आइतबार बिहान १ सय ६ वर्षको उमेरमा निधन भएको हो।
संगीतकार बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आमाको निधन भएको जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘मेरी आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैँका लागि बिदा लिनुभयो।’
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहान चाबहिलस्थित ओम अस्पताल पुर्याइएकी मिटु बास्कोटाको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
प्रकाशित: २० पुष २०८२ १४:१०
प्रतिक्रिया



