काठमाडौँमा मिथिला चित्रकला तालिम

हिमाल प्रेस १४ माघ २०८२ २०:४३ | Wednesday, January 28, 2026
64
SHARES
काठमाडौँमा मिथिला चित्रकला तालिम

काठमाडौँ- काठमाडौँमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको छ। मिथिला चित्रकलाको प्रवर्द्धन गर्ने उदेश्यले तालिम सुरु गरिएको हो। मिथिला थाली बाई सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिमको आयोजना गरिएको हो।

मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिका लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनको प्रशिक्षण दिइने तालिमका प्रशिक्षक प्रतिभा मिश्रले जानकारी दिए।

तालिमको पहिलो दिन नक्साल, दोस्रो दिन गौशाला र तेस्रो दिन झम्सीखेलस्थित मिथिला थालीमा तालिम सञ्चालन हुनेछ। तीनदिने प्रशिक्षणपछि १० दिनको अन्तरालमा नक्सालस्थित मिथिला थालीमा अन्तिम चित्रकला प्रतियोगिता आयोजना गरिनेछ। तालिममा ३० जनाभन्दा बढी सहभागी छन्।

‘मलाई सधैँ मिथिला पेन्टिङप्रति रुचि थियो। तालिममार्फत नयाँ डिजाइन सिकेर आफ्नै काम गर्न सक्नेछु। मलाई पहिलेदेखि नै यस्तो तालिम लिने इच्छा थियो। आज सहभागी हुन पाउँदा खुुसी लागेको छ,’ तालिममा सहभागी क्रेशिका ढकालले बताइन्।

तालिमको उद्घाटन गर्दै मास्टर सेफ सन्तोष साहले मिथिला चित्रकलालाई जनकपुरमा मात्र सीमित नराखेर देशविदेशमा चिनाउने उद्देश्य तालिम आयोजना गरिएको बताए।

सुडी महिला कल्याण समाजकी अध्यक्ष रुवी महतो पुर्वेले महिलालाई घरमै सीमित नराखी यस्ता तालिममा सहभागी गराएर सीप सिकाउने र आम्दानीको अवसर दिने उद्देश्य रहेको बताइन्। पहिले सिकाएका महिला अहिले आफ्नै प्रयासले आम्दानी गरिरहेका छन्। यस तालिमले सहभागीलाई पनि त्यस्तै अवसर दिनेछ।

परीक्षार्थीलाई प्रतिभा मिश्र, शारदा झा, सोनाम कर्ण, प्रिया पुर्वे, अदिती झालगायतका प्रशिक्षकले मिथिला चित्रकलाबारे तालिम प्रदान गर्नेछन्। -रासस

प्रकाशित: १४ माघ २०८२ २०:४३ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast