मन्त्रालयका कानुन पण्डितहरूले कुरा बुझेनन् : शिक्षामन्त्री

हिमाल प्रेस १ माघ २०८२ १५:२१ | Thursday, January 15, 2026
562
SHARES
मन्त्रालयका कानुन पण्डितहरूले कुरा बुझेनन् : शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालको ऐन कानुनले प्रतिभाशाली र दूरदृष्टि भएका युवाको उत्साहलाई निरन्तर हतोत्साहित गर्दै आएको बताएका छन्।

उनले लेखेका छन्, ‘ऐन कानुनले कहिल्यै पनि प्रतिभाशाली र दूरदृष्टि भएका मान्छेहरू जन्माएको छैन र जन्माउँदैन पनि। नेपालको ऐन कानुनले देशलाई समृद्ध बनाउन सक्ने दुरदृष्टि भएका सक्षम र प्रतिभाशाली युवाको उत्साहलाई सधैं हतोत्साहित गरेको छ। मन्त्रालयका कानुन पण्डितहरूले यो कुरा पटक्कै नबुझ्ने रहेछन्। मन्त्री भए पछि यो कुरा प्रष्ट भयो।’

मन्त्री पुनले देशलाई समृद्ध बनाउन स्वच्छ नेताको दूरदृष्टि अनुसारको ऐन कानुन निर्माणको परम्परा नल्याएसम्म नेपालमा अशान्ति र गरिबी नहट्ने देखिएको बताए।

प्रकाशित: १ माघ २०८२ १५:२१ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast