शिक्षक-कर्मचारी विवरणबारे स्थानीय तह र विद्यालयलाई मन्त्रालयको ११ निर्देशन

हिमाल प्रेस १७ पुष २०८२ १२:४७
2.2k
SHARES
शिक्षक-कर्मचारी विवरणबारे स्थानीय तह र विद्यालयलाई मन्त्रालयको ११ निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले EMIS प्रणालीमा शिक्षक तथा कर्मचारीको विवरण अद्यावधिक गर्न विद्यालय र स्थानीय तहका लागि ११ बुँदे निर्देशन जारी गरेको छ।

मन्त्रालयका अनुसार २०८२ साल पुस १५ गतेसम्म विद्यालयहरूले EMIS मा प्रविष्ट गरेको शिक्षक-कर्मचारी विवरणको आधारमा त्रुटि र छुट भएका विवरण तत्काल सुधार गर्न निर्देशन दिइएको हो।

मन्त्रालयले सबै विद्यालयलाई विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक-कर्मचारीको सूची तयार गरी आधारभूत विवरण अनिवार्य रूपमा भर्न आग्रह गरेको छ।

कुनै पनि शिक्षक वा कर्मचारीको विवरण अपूरो भएमा तलब-भत्ता प्रणालीमा सबैको नाम नदेखिने भएकाले विवरण अद्यावधिकमा विशेष ध्यान दिनुपर्ने मन्त्रालयको भनाइ छ।

११ बुँदे निर्देशनअनुसार विद्यालयले EMIS मा विद्यालय मात्र छनोट गरी Qualification, ExperienceTraining सम्बन्धी सबै विवरण क्रमशः भर्नुपर्नेछ।

शैक्षिक योग्यता भर्दा तल्लो तहदेखि माथिल्लो तहसम्म सबै उपाधि समावेश गर्नुपर्ने र अनुभव विवरणमा हाल कार्यरत पदमा मात्र ‘Yes’ गर्नुपर्ने व्यवस्था गरिएको छ। सेवाकालीन वा अन्य तालिम लिएका शिक्षक-कर्मचारीको मात्र तालिम विवरण प्रविष्ट गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार सबै विवरण पूरा भएपछि मात्र शिक्षक-कर्मचारीको नाम तलब-भत्ता मेनु र Teacher Report मा देखिनेछ। यदि सबै विवरण भरेर पनि नाम नदेखिएमा Salary Request Form मार्फत अपूरो विवरण भएका शिक्षकको सूची हेरी सुधार गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी विद्यालयले School Profile को Basic Profile मा उल्लेख गरिएको शिक्षक दरबन्दीको विवरण सत्यापन गर्नुका साथै Teacher Rank, Appointment Status, Teacher Level र अन्य प्रतिवेदनमार्फत विवरण मिलेनमिलेको एकिन गर्नुपर्ने निर्देशनमा उल्लेख छ।

विवरण अद्यावधिकका क्रममा समस्या आएमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा सम्पर्क गर्न र त्यहाँबाट समाधान नभए IEMIS Section का सपोर्ट नम्बर १–६६३८७०४, ९७०९०८९७०२ वा इमेल [email protected]
मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: १७ पुष २०८२ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast