हिमाली जिल्लामा विद्यालय बिदाबारे मन्त्री पुनको यस्तो आग्रह

हिमाल प्रेस २३ पुष २०८२ १०:०६ | Wednesday, January 7, 2026
50
SHARES
हिमाली जिल्लामा विद्यालय बिदाबारे मन्त्री पुनको यस्तो आग्रह

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हिमाली जिल्लाका विद्यालय तथा स्थानीय तहलाई पुस र माघ महिनामा हिउँदे बिदा दिने विषयमा प्रस्ताव गर्न आग्रह गरेका छन्।

यदि हिमाली जिल्लाका विद्यालय र स्थानीय पालिकाहरूले पुस माघमा हिउँदे बिदा गरेर फागुनदेखि मंसिरसम्म पठनपाठन सञ्चालन गर्न चाहन्छन् भने सम्बन्धित जिल्लाको नामसहित तुरुन्त जानकारी गराउन मन्त्री पुनले आग्रह गरेका हुन्।

उनले यसका लागि एसएमएसमार्फत विवरण पठाउन अनुरोध गरेका छन्। ‘हिमाली जिल्लाका विद्यालयहरू र स्थानीय पालिकाहरूले यदि पुस र माघ महिनामा हिउँदे बिदा गर्न चाहनु हुन्छ र फागुनदेखि मंसिर महिनासम्म पठनपाठन गर्न चाहनुहुन्छ भने मलाई जिल्लाको नामसहित तुरुन्त एसएमएस गर्नुहोला,’ मन्त्री पुनले भने।

तर, उनले हिउँदे बिदा लिएपछि वर्षे बिदा नपाइने स्पष्ट पारे। ‘हिउँदे बिदा गरेपछि वर्षे बिदा पाइने छैन,’ उनले भने।

प्रकाशित: २३ पुष २०८२ १०:०६ | Wednesday, January 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast