मन्त्री कुलमान घिसिङको आह्वान : आगामी चुनावमार्फत परिवर्तन संस्थागत गरौँ, देशकाबारेमा गम्भीर बनौँ

हिमाल प्रेस २२ पुष २०८२ ६:४३
4
SHARES
मन्त्री कुलमान घिसिङको आह्वान : आगामी चुनावमार्फत परिवर्तन संस्थागत गरौँ, देशकाबारेमा गम्भीर बनौँ

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठाएर देशको मुहार फेर्नुपर्ने बेला आएको बताएका छन्।

भक्तपुरमा सोमबार नागरिक भेटघाट एवं छलफल कार्यक्रममा उहाँले अब हरेक नागरिकले आफ्ना लागिभन्दा देशका लागि केही दिऔँ भनेर अगाडि बढ्नुपर्ने बताए।

मन्त्री घिसिङले भने, ‘देशले परिवर्तन खोजेको छ, त्यसैले यथास्थितिबाट माथि उठ्न मैले के पाएँ भन्नुभन्दा पनि देशले के पायो? देशलाई के दिन सक्छौँ भनेर सोच्नुपर्ने भएको छ । सबै जना गम्भीर बनेर परिवर्तनको बाटोमा अगाडि बढौँ ।’

उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत परिवर्तनलाई संस्थागत गर्न हातेमालो गर्नुपर्नेमा जोड दिए।

 

प्रकाशित: २२ पुष २०८२ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast