माओवादीले रूपन्देही २ मा युवा नेता वीरेन्द्र विकलाई उम्मेदवार बनाउने

हिमाल प्रेस ५ माघ २०८२ १०:४८
34
SHARES
माओवादीले रूपन्देही २ मा युवा नेता वीरेन्द्र विकलाई उम्मेदवार बनाउने

बुटवल- नेकपा माओवादीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा युवा नेता वीरेन्द्र विक (सी)लाई उम्मेदवार बनाउने भएको छ । पार्टी जिल्ला कमिटी रूपन्देहीका इन्चार्ज समेत रहेका उनी भुईतहमा परिचित छन् ।

गरिब, सुकुम्बासी, श्रमिक तथा उत्पीडित वर्गको हकअधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका उनी करिडोर पीडित आन्दोलन, मिटरब्याजी विरुद्धको संघर्ष, भूमिहीन र सुकुम्बासीका मुद्दा तथा सामाजिक अन्यायविरुद्धका अभियानमा अग्रपंक्तिमा उभिँदै आएका छन्।

जनताको दुःख, पीडा र समस्यालाई नजिकबाट बुझ्ने र त्यसविरुद्ध निर्भीक रूपमा लड्दै आएकाले आफुलाई समर्थन प्राप्त हुने उनको दावी छ । माओवादीले पनि यस क्षेत्रलाई रणनीतिक रूपमा महत्वपूर्ण ठान्दै आएको छ।

रुपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्केद्वार छन भने नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट विश्वदीप पाण्डेलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित: ५ माघ २०८२ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast