काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्री भएपछि विदेश भ्रमणको तीनवटा निम्तो आएको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताएका छन्।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अमेरिका भ्रमणका लागि मन्त्रीपरिषद्बाट स्वीकृत गराइसकेको अवस्थामा शिक्षामन्त्री पुनले भने विदेश घुमेर अर्थतन्त्र बन्छ भन्ने प्रश्न गरेका छन्।
मन्त्री पुन शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्,‘लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गईनँ। अहिले पनि दुईवटा निमन्त्रणा आएछ। यसमा पनि जान्नँ। देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ?’
प्रकाशित: २५ पुष २०८२ १२:५४
प्रतिक्रिया



