महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

हिमाल प्रेस १० माघ २०८२ ७:४०
12
SHARES
महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

काठमाडौँ- पूर्वशिक्षामन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । सामाजिक सञ्जालमार्फत आफूले त्रिभुज चिह्न पाएको जानकारी दिँदै पुनले भनेका छन्, ‘महावीर पुनको चुनाव चिह्न आयो। नेपाल भरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न लिए हुन्छ।’

पुनलाई उज्यालो नेपाल पार्टीले सघाउने भइसकेको छ । पार्टीका महासचिव धर्म चौधरीले आफ्नो पार्टीको समर्थन पुनलाई गर्ने निर्णय भएको जानकारी दिए ।

उज्यालोले सो क्षेत्रमा कुनै पनि उम्मेदवारी दिएको थिएन । चौधरीले आफ्नो दलप्रति आस्था भएका र उज्यालो नेपालमा आबद्ध भएका व्यक्तिलाई पुनले पाउने चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन् ।

प्रकाशित: १० माघ २०८२ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast