महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

हिमाल प्रेस १४ माघ २०८२ ११:४२ | Wednesday, January 28, 2026
22
SHARES
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन फाइल तस्बिर

काठमाडौँ– भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बुधबार विमान दुर्घटनामा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईबाट उडेको उक्त विमान बारामतीमा दुर्घटनाग्रस्त भएको हो।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) का अनुसार विमानमा अजित पवारसहित अन्य चार जना सवार थिए। तीमध्ये दुई चालक दलका सदस्य र अजित पवारका दुई सहयोगी थिए। दुर्घटनामा कसैको पनि जीवित बच्ने सम्भावना नरहेको समाचारमा उल्लेख छ।

अजित पवारका निजी सहायक अनिल ढिकलेले दुर्घटनाको खबर पुष्टि गरेका छन्। प्रारम्भिक जानकारीअनुसार दुर्घटना बिहान ८ः४८ बजे विमान अवतरण गर्ने क्रममा भएको हो। अजित पवारका सुरक्षा गार्ड पनि उनीसँगै विमानमा थिए।

अजित पवारले आगामी जिल्ला परिषद् र पञ्चायत समितिको चुनाव प्रचारका लागि बारामतीमा चारवटा जनसभाको आयोजना गरेका थिए। त्यही क्रममा उनी मुम्बईबाट बारामती गएका थिएर।

पवारको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘जनताका नेता अजितको जनस्तरमा बलियो सम्बन्ध थियो। महाराष्ट्रका जनताको सेवामा अग्रपंक्तिमा रहने एक कर्मठ व्यक्तित्वको रूपमा उहाँले व्यापक सम्मान प्राप्त गर्नुभएको थियो। प्रशासनिक मामिलामा उहाँको बुझाइ र गरिब तथा वञ्चित वर्गलाई सशक्त बनाउने भावना पनि उल्लेखनीय थियो। उहाँको असामयिक निधन अत्यन्तै स्तब्ध पार्ने र दुःखद छ। उहाँको परिवार र शुभचिन्तकहरूप्रति मेरो समवेदना।’

प्रकाशित: १४ माघ २०८२ ११:४२ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast