जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

हिमाल प्रेस २३ पुष २०८२ १८:४८
22
SHARES
जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरूको सम्झनामा सहिद परिवार, घाइते परिवारलगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए। दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्यालसमेत पुगेका थिए।

सो क्रममा गृहमन्त्री अर्यालले जेनजी युवा पुस्ता देशका सबै क्षेत्रमा रहेकाले सबै युवाहरू मूल प्रवाहमा आउनुपर्ने र यसका लागि सरकारले उचित वातावरण बनाउने बताए। जेनजी, सहिद परिवार र प्रधानमन्त्रीबीच भएको सम्झौता नै वर्तमान सरकारको मार्गदर्शन भएको उनको भनाइ छ। त्यस्तै मन्त्री अर्यालले उक्त सम्झौता कार्यान्वयनका लागि ध्यान केन्द्रित गरिएको बताए।

उनले आफूले गृहमन्त्रीको पदमा रहँदा जिम्मेवारीपूर्वक काम गर्ने भन्दै आफ्नो कार्यकाल सकिएपछि सडकमा आएर सुशासनको पक्षमा एक भएर लड्ने धारणा राखे।

प्रकाशित: २३ पुष २०८२ १८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast