बालेन झापा आएपछि सुकुम्बासी डराए : ओली

हिमाल प्रेस ८ माघ २०८२ १२:२३
14
SHARES
बालेन झापा आएपछि सुकुम्बासी डराए : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका सुकुम्बासीहरू पनि डराउन थालेको बताएका छन्। बुधबार राष्ट्रिय युवा संघ क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाका केही स्थानीयहरू डराउन थालेको बताएका हुन्।

‘सुकुम्बासी साथीहरुले भन्दै थिए, सुकुम्बासी भत्काउने अरे, डोजर लगाउने अरे । कोको मान्छे पो आएका छन् भनेर डर लाग्यो भन्दै थिए,’ उनले भने। ओलीले नयाँ भन्दा भोट मात्रै खेर जान्छ भन्ने कुरा ०६४ मै पुष्टि भएको पनि बताए।

‘०६४ देखि न एक सिन्का विकास भयो। न जनतासँग सम्पर्क छ, न एउटा कुनै वरको सिन्को पर सर्दैन, सिन्को भाँचिदैन,’ उनले भने, ‘नयाँको स्वाद यस्तो तीतो, यस्तो अमिलो, न जिब्रो पखाल्दा जान्छ, न अरु केही गर्दा।’

‘बैंकले नोट छाप्दा त धितो जमानीबिना छाप्दैन । मान्छेलाई भोट हाल्नु हुन्छरु खोज्दै कहाँ जानुहुन्छ, घर देख्नुभएको छ?,’ उनले भने। बालेनका लागि झापामा गर्ने काम नै नभएको पनि ओलीले बताए।

‘राष्ट्रियस्तरमा भिजन भएको पनि होइन । उहाँले यहाँ के गर्ने उहाँको घर अघिको बाटो मैले पक्की बनाइदिएको छु । मैले उहाँको घर अघिको बाटोमा पुल हालिदिएको छु । उहाँको महोत्तरी जिल्ला क्षेत्र नम्बर ३ को मटियानीबाट जनकपुर जाने बाटोमा त्यहाँ पुल हालिदिएको छु । हामी त गर्छौं त । कुनै काम गरेको छैन, कुनै काम देखाएको छैन,’ उनले भने।

प्रकाशित: ८ माघ २०८२ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast